Logo

सांसद अक्कलमाथि बलात्कारको आरोप लगाउने महिला गर्भवती



धनगढी, २२ फागुन । माघको ठण्डीमा सुदुरपश्चिम प्रदेशका सासद अक्कलबहादुर रावल आफ्नो कोठामा पुगी बलात्कारको प्रयास गरेको एक महिलाको आरोपपछि प्रहरी अनुसन्धान अगाडि बढिसकेको छ । रावललाई धनगढीकी ती महिलाको किटानी जाहेरीपछि प्रहरीले म्याद थपी अनुसन्धान बढाएको छ ।

अदालतले आजै अनुसन्धानका लागि पाँच दिन म्याद थप गरेको छ । प्रहरी स्रोतका अनुसार महिलाले अक्कलबहादुर रावलले श्रीमान काठमाडौं गएको मौका छोपी कोठामा पुगेर बलात्कारको प्रयोग गरेको बयान दिएकी छिन् । २१ माघको उक्त दिन फुत्केर छतमा गई गुहार मागेको र रावल कोठाबाट भागेको जाहेरीमा उल्लेख गरेकी छिन् । त्यसपछि रावलले ज्यान मार्ने धम्की दिदै आएको दाबी गरेकी छिन् ।

फेसबुकबाट चिनजान भएको महिलाको भनाई छ । महिलाले अक्कलबहादुर रावलसँग फेसबुकको मेसेन्जरमा भएको कुराकानी पनि जाहेरीका साथ संलग्न गरेकी छिन् । तर, निलम्बित सांसद रावलले आफूमाथि षड्यन्त्र भएको दाबी गरे छन् । यसलाई नेकपाभित्रको आन्तरिक विवादसँग जोडेर हेरिएको छ । नेकपाभित्र एकले अर्को पक्षलाई सिध्याउने खेल भइरहेको चर्चा छ ।



प्रतिक्रिया दिनुहोस्