काठमाडौं, २३ फागुन । भारतीय राजदूत विनय मोहन क्वात्रा ओहदाको प्रमाणपत्र पेश गरेलगत्तै सक्रिय भएका छन् । उनले आज विहानै नेपाल कम्युनिस्ट पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाललाई भेटेका छन् । नेपाललाई भेटेर जन्मदिनको शुभकामना दिएका छन् ।
राजदूत भएर नेपाल आएपछि क्वात्राले भेटेकामध्ये नेपाल पहिलो पूर्व प्रधानमन्त्री हुन् । यसलाई निकै अर्थपूर्ण रुपमा हेरिएको छ ।
क्वात्राले बिहिबार उपराष्ट्रपति नन्दबहादुर पुनसँग भेटवार्ता गरेका थिए । उपप्रधानमन्त्री ईश्वर पोखरेल र परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँग पनि महत्वपूर्ण कुराकानी गरे ।
क्वात्राले पूर्व प्रधानमन्त्रीहरुलाई पालैपालो भेट्ने कार्यक्रम रहेको बुझिएको छ । प्रधानमन्त्री केपी शर्मा ओली शल्यक्रियापछि अस्पतालमा रहेका कारण अर्को हप्तामात्र भेट हुने बुझिएको छ ।