Logo

‘म छिट्टै काममा फर्किन्छु’ : प्रधानमन्त्री



काठमाडौं, २३ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्थामा तिव्र सुधार भैरहेको छ । प्रधानमन्त्री ओलीले आफू छिट्टै काममा फर्किनेपनि विश्वास दिलाएका छन् । प्रधानमन्त्री ओलीको प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले यस्तो जानकारी गराएका छन् ।

उनले आफूले पनि आजै सर्जरीपछि पहिलोपटक प्रधानमन्त्री ओलीसँग कुरा गरेको सुनाए । उनले लेखेका छन्,‘सर्जरीपछि पहिलो पटक कुरा गर्ने अवसर मिल्यो । उहांले भन्नु भयो-साथिहरुलाई भनिदिनस, मेरो स्वास्थ्य तीब्र गतिमा सुधार भई रहेको छ। छिट्टै म काममा फर्किन्छु। धेरै खुशि लाग्यो, पुनस्शीघ्र स्वास्थ्यलाभको कामना प्रधानमन्त्रिज्यू !” file photo



प्रतिक्रिया दिनुहोस्