Logo

सशस्त्रका इन्सिपेक्टरमाथि अख्तियारद्धारा मुद्दा दायर



काठमाडौ, फागुन २३ । सशस्त्र प्रहरी निरीक्षक खगेन्द्र चापागाईलाई ५० हजार भ्रष्टाचार गरेको अभियोगमा अख्तियारले नियन्त्रणमा लिई मुद्दा दायर गरेको छ । चापागाईले सेवाग्राहीको व्यापार व्यवसाय गर्न सहज गरिदिने भन्ने सम्बन्धमा अख्तियारले नियन्त्रणमा लिई मुद्दा दायर गरेको हो ।

सशस्त्र प्रहरी बल बि.ओ.पी. टांघनडुब्बा, झापामा कार्यरत चापागाईले व्यापार व्यवसायमा सहजीकरण गरिदिने प्रयोजनको लागि ५० हजार घुस माग गरेको भन्ने उजुरी सम्बन्धमा अनुसन्धान भएको थियो ।

चापागाईलाई कानुन बमोजिम हुने सजायको आधा सजाय हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरीएको प्रवक्ता प्रदीपकुमार कोइरालाले जनाएका छन् ।



प्रतिक्रिया दिनुहोस्