आजभन्दा करिब साढे चार खर्ब वर्ष पहिले देखि सुर्यले ब्रम्हाण्डमा शक्ति प्रदान गर्दै आएको छ । यसबाट आउने प्रकाशको शक्तिले सौर्यमण्डल प्रभावित छ । सुर्यको प्रकाशले पृथ्वीमा जीवन छ । त्यसैले सुर्यको प्रकाशको विशेष महत्व छ ।
यदि यो ब्रम्हाण्डबाटै सुर्य हरायो भने के होला ? सुर्यको प्रकाश विना सृष्टिमा के असर पर्ला ? यसबारे जानौं । सुर्य विना चारैतिर अन्धकार छाउँछ । सुर्यको प्रकाश जीवनको स्रोत हो । प्रकाश विना कसैको जीवन सम्भव छैन । यदि सुर्यको प्रकाश पृथ्वीसम्म आइपुगेन भने त्यतिबेला पृथ्वीमा विभिन्न परिवर्तनहरु आउनेछन् ।
सुर्यको प्रकाश मात्र नभई पृथ्वीमा आउने चन्द्रमाको प्रकाश हराएर जान्छ । बोटबिरुवामा हुने प्रकाश संश्लेषण प्रक्रिया बन्द हुन्छ । अक्सिजनको मात्रा कम र कार्बनडाइअक्साइड ग्याँसको मात्रा वृद्धि हुदै जान्छ । वनजङगल सुक्न थाल्छन् ।
मानवनिर्मित भु–उपग्रहद्धारा चल्ने मोबाइल, इन्टरनेट, टेलिफोन सबै बन्द हुन्छ किनकी भु–उपग्रह सुर्यबाट आउने शक्तिको प्रयोग गरेर बनाइएको हुन्छ । पृथ्वीको तापक्रम घट्दै जान्छ । समुन्द्र, नदी देखी लिएर अन्य पानीका सतहहरु जम्छ । विद्युतिय शक्ति उत्पादन प्रक्रिया बन्द हुन्छ । पृथ्वी निकै चिसो.हुन्छ । चारैतिर हिउँ नै हिउँले ढाकिन्छ । कुनैपनि ठाउँमा जीवजन्तु तथा वनजङगल रहन उपयुक्त वातावरण हुँदैन । अत्यन्त चिसो पृथ्वी अन्तरिक्षमा घुम्ने क्रममा ठुला पिण्डसँग ठोकिन पुगी पृथ्वी नै ध्वस्त हुन्छ ।-एजेन्सीको सहयोगमा