काठमाडौ, फागुन २३ । भोजपुर जिल्ला आमचोक गाउँपालिकाका असिष्टेन्ट सव इन्जिनियर विष्णु कुमार राईलाई ५ हजार भ्रष्टाचार गरेको अभियोगमा अख्तियारले मुद्दा दायर गरेको छ । सेवाग्राहीसँग खानेपानी योजनाको बिल फरक गरिदिएको अभियोगमा अख्तियारले नियन्त्रणमा लिई मुद्दा दायर गरेको हो ।
आमचोक गाउँपालिकामा कार्यरत राईले हायुखोला खानेपानी योजनाको बिल फरक गरिदिने प्रयोजनका लागि सेवाग्राहीसँग ५ हजार घुस माग गरेको सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीबाट खटिई गएको टोलीले नियन्त्रणमा लिएको हो ।
राईलाई कानुन बमोजिमको सजाय हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरीएको अख्तियारका प्रवक्ता प्रदीप कुमार कोइरालाले जनाएका छन् ।