काठमाडौं, २४ फागुन । नेपाल भ्रमणमा रहेकी यसवर्षकी मिस वल्र्ड टोनी एन सिंह पर्यटकीय गाउँ हेलम्बु पुगिन् । उनी मिस नेपाल २०१८ र २०१९ की विजेता शृंखला खतिवडा र अनुष्का श्रेष्ठको साथमा करिब एक घन्टा हेलम्बुको ह्योल्मो स्वागत, सत्कार खानाको स्वादमा रमाइन् । खानालाई निकै स्वाद मानेर खाइन् । उनले स्थानीय नमस्कारबाट अभिवादन फर्काएकी थिइन् ।
उनी हेलम्बुमा संचालित ब्युटी विथ द पर्पोज परियोजनाको अवलोकन गर्न पुगेकी थिइन् । उनीहरु हेलिकोप्टरमार्फत् पुगेका थिए । उनले हिमालयन ग्रेटवालको पनि अवलोकन गरिन् । गाउँ निकै सुन्दर भएको प्रतिक्रिया दिइन् । आफू निकै उत्साही भएको बताइन् । ध्रुव दङ्गालले आजको नागरिक दैनिकमा लेखेका छन् ।