Logo

राप्रपा र राप्रपा (संयुक्त) बीच एकता : थापा, राणा र लोहनी अध्यक्ष रहने (सहमति पत्रसहित)



काठमाडौं, २४ फागुन । लामो समयको प्रयास, छलफल र वार्तापछि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संयुक्तबीच पार्टी एकता गर्नेबारे आधारपत्रमा सहमति भएको छ । आज (शनिबार) राति अवेर उक्त सहमति भएको हो । राप्रपाका नेता मोहन श्रेष्ठले दुई पार्टीबीच सैद्धान्तिक सहमति भएको कुरा सार्वजनिक गरेका छन् ।

उनले आफ्नो फेशबुकमा पार्टी एकताको आधारपत्रसमेत सार्वजनिक गरेका छन् । आधारपत्रमा उल्लेख भएअनुसार दुई पार्टीबीचको बृहत्त एकताको घोषणा यही फागुन २८ गते हुनेछ ।

पार्टी एकताको १० बुँदे सहमतिमा राप्रपा अध्यक्ष कमल थापा र राप्रपा संयुक्तका अध्यक्षद्धय पशुपतिशम्शेर राणा र डा. प्रकाशचन्द्र लोहनीले हस्ताक्षर गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्