Logo

आजबाट देशभरको तापक्रम बढ्दै जाने



काठमाडौं, फागुन २५ । पश्चिमी वायुको न्यून चापीय प्रणाली कमहुदै गएकाले आजदेखि देशभरको तापक्रम बढ्ने भएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आइतबार देशभरको मौसम सफा हुने र अधिकांश स्थानमा घाम लाग्ने सम्भावना रहेको जनाइएको छ ।

यद्यपी स्थानीय वायुको प्रभाव कायमै रहेकाले देशको पश्चिम तथा पूर्वी उच्च पहाडी क्षेत्रका एकरदुई स्थानमा साँझपख छिटफुट वर्षा हुनेसमेत महाशाखाले जनाएको छ । काठमाडौं उपत्यकालगायत तराईमा बिहानैदेखि लागेको हुस्सुसमेत हट्दै गएको जनाइएको छ ।

शुक्रबारदेखि सक्रिय रहेको पश्चिम न्यून चापीय प्रणालीका कारण देशका अधिकांश भागमा वर्षा भएको थियो । हिमाली तथा उच्च पाहाडि क्षेत्रमा भएको हिमपातले जनजीवनसमेत प्रभावित पारेको थियो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot