काठमाडौँ, २६ फागुन । कतार सरकारले सूचना जारी गर्दै नेपाल सहित, चीन, इजिप्ट, भारत, इरान, इराक, लेबनान, बंगलादेश, नेपाल, पाकिस्तान, फिलिपिन्स, दक्षिण कोरिया, श्रीलंका, सिरिया र थाइल्यान्डका नागरिकलाई प्रवेशमा रोक लगाउने निर्णय गरेको जानकारी दिएको हो ।
कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागि भन्दै १४ देशका यात्रु माथि कतारले अस्थायी रुपमा प्रवेशमा रोक लगाएको हो । कतारमा १५ जनामा संक्रमण पुष्टि भएको छ । कतार एयरवेजले यसअघि नै इटालीका लागि सबै उडान बन्द गरिसकेको छ ।
तर ती कुन देशका नागरिक हुन् भन्ने बारे केही जानकारी दिइएको छैन । कतारमा झन्डै चार लाख नेपाली कार्यरत छन्। कतारमा झन्डै भन्दा सय भन्दा बढी मुलुकका कामदार छन्। कतारको सार्वजनिक स्वास्थ्य मन्त्रालयले ३ जना आप्रवासी कामदारलाई संक्रमण भएको पुष्टि गरेको छ । (एजेन्सी)