रोम, फागुन २७ । युरोपेली राष्ट्र इटालीमा कोभिड–१९ कोरोना भाइरस तीब्र गति अन्य मुलुकको तुलनामा तीन गुना बढीरहेको छ ।
इटालीमा एकैदिनमा एक सय भन्दा बढिले ज्यान गुमाएका खवरहरु सार्वजनिक भएका छन् । अन्तराष्ट्रिय सञ्चार माध्याममा आएका खबर अनुसार मंगलबार बिहानसम्म इटाली कोभिड–१९ भाइसरबाट मृत्यु हुनेको संख्या तीन सय ६६ बाट बढेरचार सय ६३ नाघेको छ।
यस भाइरसको संक्रमण र मृत्युको आँकडामा चीनपछि इटाली दोस्रो स्थानमा देखिएको छ। सोमबारसम्म चीनपछि संक्रमितको संख्या दक्षिण कोरियामा बढी देखिएकोमा मंगलबार इटाली अगाडी आएको हो। इटालीका विद्यालय र विश्वविद्यालयहरू एप्रिल ३ तारिख सम्मका निम्ति बन्द गरिएका छन भने सक्रमणबाट बच्न पुरै देशलाई लक डाउन गरिएको छ ।एजेन्सी