एजेन्सी, २७ फागुन । मस्कोको ७५ औँ भिक्ट्री डे सेलिब्रेशनमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प सहभागी नहुने जानकारी अमेरिकी कुटनितीज्ञले दिएका छन् ।
मस्कोले ग्रेट प्याट्रीयोटिक वारमा जीत हासिल गरेकोमा प्रत्येक वर्ष मस्को वासीले विशेष उत्सवको रुपमा मनाउन गर्छन् ।
अमेरिकी कुटनितीज्ञले अमेरिकी राष्ट्रपति ट्रम्प मस्को नआउने क्रेम्लिनका प्रवक्ता पेस्कोभले जनाएका छन् । इभेन्टमा अमेरिकाको प्रतिनिधित्व कस्ले गर्ने विषय क्रेमलिनले उठाएको छ । भिक्ट्री डे सेलिब्रेशन मे महिनामा हुने गर्दछ ।