काठमाडौं, २८ फागुन । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री महेश्वरराय यादवले अब विश्वभरि श्रमका लागि रहेका नेपालीहरुलाई स्वदेश फिर्ता बोलाउने घोषणा गरेका छन् । उनले कोरोना प्रभावित देशमा रहेका सबै नेपालीहरुलाई स्वदेशमा बोलाउने र यहीँ रोजगारी दिनेपनि बताएका छन् । मंगलबार राति प्राईम टाईम्स टेलिभिजनबाट प्रशारण भएको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुराकानी गर्दै मन्त्री यादवले यस्तो बताएका हुन् । उनले कतारमा रहेका सबै श्रमिक नेपालीहरुलाई स्वदेश फिर्ता बोलाउने पनि स्पष्ट पारेका छन् ।