Logo

तेलयुद्धः कुन देशलाई फाइदा कुनलाई घाटा



एजेन्सी, २८ फागुन । अहिले विश्वमा तेलयुद्ध चलेको छ । कोरोना भाइरसका कारण विश्व बजारमा तेलको खपत घटेपनि उत्पादन नघटेपछि कच्चा तेलको मूल्य प्रति ब्यारल ३० डलरको आसपासमा छ ।

विशेषगरी रुस र अमेरिकाबीच तेलमा प्रतिष्पर्धा छ । अमेरिका सँसारकै ठूलो उत्पादनकर्ता हो । अमेरिकासँग नजिक रहेको साउदी अरेयिबा रुससँगको तेलयुद्धमा अगाडि देखिएको छ । तेलयुद्धले रुसको अर्थतन्त्रमा सबैभन्दा ठूलो नोक्शान पुग्न सक्छ । रुसको कुल ग्राहस्थ उत्पादनको ७० प्रतिशत तेल र ग्याँसमा निर्भर छ । तर, रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले रुसको अर्थतन्त्रले अहिलेको तेलको मूल्यका बाबजुद थेग्न सक्ने बताए ।

अमेरिकाले विगतमा तेलको मूल्य बढ्दा लाभ लिन सक्थ्यो । तर, यसपटक उसलाई नोक्शान पुगेको छ । अमेरिका तेलको सबैभन्दा ठूलो उत्पादक देश बनेको छ । अमेरिका तेलको भण्डार बढी गर्ने देशमा पर्छ ।

रुसपछि साउदी अरेबियाको कुल ग्राहस्थ उत्पादनमा नोक्शान पुग्ने देखिन्छ । विशेषगरी खाडी देशहरुको अर्थतन्त्रमा असर पर्दैछ । संयुक्त अरब इमिरेट्स, इरान, कतार जस्ता देशहरुले नोक्शानीको सामना गर्दैछन् । अष्ट्रेलियालाई पनि घाटा पुगेको छ ।

यूरोपमा नर्वे, उत्तर अमेरिकामा मेक्सिको, क्यानडा, दक्षिण अमेरिकामा चिलीलगातका देशहरु नोक्शानीमा पर्दैछन् ।

जापान, फ्रान्स, ब्राजिल, कोरिया, टर्की, दक्षिण अफ्रिकालाई लाभ मिलेको छ । सँसारकै सबैभन्दा ठूलो तेल आयातकर्ता देश चीनले पनि ठूलो लाभ लिनसक्ने देखिएको छ । हङकङ, अर्जेन्टिना, फिलिपिन्स, इन्डोनेशियालाई पनि लाभ मिलेको छ । भारतले पनि तेलको मूल्य घट्दा फाइदा लिनसक्ने भएको छ । भारत तेल बढी आयात गर्ने देशमा पर्छ ।

युरोपका अधिकांश देशहरु कच्चा तेल आयात गर्छन् । धेरैजसोले रुसबाट आयात गरिरहेका छन् । जर्मनी र फ्रान्सलाई ठूलो लाभ मिलेको छ । इटाली पनि तेल आयातकर्ता देश भएकाले फाइदा पुगेको छ ।

इजिप्टलाई पनि फाइदा पुगेको छ । अफ्रिकाको सव सहारा क्षेत्रलाई नोक्शान भएको छ । जसमध्ये अंगोला पनि पर्छ । नाइजेरिया ठूलो संकटमा पर्न सक्छ । सुडान पनि संकटमा पर्ने देखिन्छ ।



प्रतिक्रिया दिनुहोस्