Logo

महराको दाबी : मलाई नियतवश फसाउन खोजिएको हो



काठमाडौं, २८ फागुन । पूर्वसभामुख कृष्णबहादुर महराले राष्ट्रिय स्वाधीनताका विषयलाई लिएर आफूलाई फसाउन खोजिएको दाबी गरेका छन् । गृह जिल्ला दाङ पुगेर फर्कंने क्रममा कपिलवस्तुको शिवराज नगरपालिका– ९ रमुवादहमा कार्यकर्तासगँको भेटमा महराले अदालतले आफूलाई दिएको सफाई नागरिकप्रतिको सम्मान भएको बताएका हुन् ।

“मलाई राष्ट्रिय स्वाधीनताका विषयलाई लिएर नियतबस फसाउन खोजिएको हो”, उनले भने, “म माथि झुठो आरोप लगाइयो ।” महरालाई नेकपा प्रदेश सदस्य बालकराम बुढामगर, नेकपा नेता शिवराज नगरकमिटीलगागत पार्टी कार्यकर्ताले स्वागत गरेका थिए । file photo



प्रतिक्रिया दिनुहोस्