Logo

गुगलमा धेरै खोजिने गायिका टेलर स्विफ्ट



न्युयोर्क, फागुन २९ । टेलर स्विफ्ट गुगलमा सबैभन्दा धेरै खोजिने गायिकाको सूचीमा अग्रपंक्तिमा परेकी छिन्। हालै एस सो बिजले लोकप्रियताको आधारमा संसारभरका कलाकारमाथि गरेको अध्ययनअनुसार गायिका स्विफ्ट अग्रपंक्तिमा परेकी हुन्।

गुगलका अनुसार संगीत विधामा गायिका स्विफ्ट र खेलकुदमा सेरिना विलियम्स अग्रपंक्तिमा परेका हुन्। यसअघि ‘मिस अमेरिकाना’ डकुमेन्ट्री सार्वजनिक भएलगत्तै गायिका स्विफ्टले आफ्नो इटिङ डिसअडर असन्तुलित खान्की बारे बोलेकी थिइन्।

उनको गीतसम्बन्धी विषयमा संगीत प्रबन्धक स्कुटर ब्राउनको पक्ष लिएको भनेर गायक जस्टिन बिबर विवादमा तानिएका थिए। गत जुनमा ब्राउनको इथका होल्डिंगले स्कट बोर्चेटाको नेतृत्वमा रहेको बिग मेसिन लेबल खरिद गरेको घोषणा गरेको थियो। जसले गायिका स्विफ्टको ६ वटा एल्बम रिजिल गरेको थियो। यसमध्ये ग्रामी अवार्ड जितेको सन् २००८ को ‘फेयरलेस’ समेत परेको थियो।



प्रतिक्रिया दिनुहोस्