Logo

वनका रेन्जर अख्तियारको नियन्त्रणमा



काठमाडौ, फागुन ३० । वन कार्यालयका रेन्जर राम अशिष यादवलाई १५ हजार घुस लिएको अभियोगमा अख्तियारले नियन्त्रणमा लिई मुद्दा दायर गरेको छ ।

महोत्तरी जलेश्वरनाथ सव डिभिजन वन कार्यालय बखरी महोत्तरीका रेन्जर (अधिकृतस्तर) यादवले एकडारा गाउँपालिका २ को सिफारिससहित घरायसी चिरान काठ लोड गरेको ट्रयाक्टर नियन्त्रणमा लिई बिभिन्न बहाना बनाई सेवाग्राहीसँग घुस मागेको सुचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासबाट खटिई गएको टोलीले उनको साथबाट १५ हजार रुपैयाँ सहित नियन्त्रणमा लिएको थियो ।

कानुन बमोजिम सजाय हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरीएको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले जनाएका छन् ।



प्रतिक्रिया दिनुहोस्