जीवनमा धेरै पटक त्यस्ता घटनाहरु वा दुर्घटनाहरु हुने गर्छन् । यस्ता घटनाले जीवनको बाटो परिर्वतन गर्छन् । जसले हामीलाई तोड्ने होइन जोड्ने काम गर्छ । त्यसलाई छातीमा राख्नुको सट्टा जीवन अघिबढाई नयाँ जीवन सुरु गर्नु उपयुक्त हुन्छ । यो मुस्किल भएपनि असम्भव भने छैन ।
जीवनमा जति ठूलो प्रकोप र बाधा आएपनि रोकिनुहुँदैन । यसले केही समयको लागि अफ्ठेरो भएपनि पुन पुरानो ढाँचामा फर्काउनु निश्चित छ । जापानमा आएको प्राकृतिक प्रकोप सुनामीले गर्दा जापानी नागरीकको जीवन केहीसमय तहसनहस भयो । त्यहाँका मानिसहरु विस्तारै ठूलो विनाशपछि पछाडि फर्कदैछन् ।
घटना भइसकेकोलाई फिर्ता गर्न नसकेपनि तर आउने वाला समस्यालाई सम्हाल्ने कोशिश त गर्न सकिन्छ । आफ्ना र आफ्नो वरपरका मानिसहरुसँग भएका सबै विवादहरु बिर्सीएर फेरि नयाँ सम्बन्ध सुरुवात गर्नुपर्छ ।
प्रकृतिको विनाश होस् वा जीवनको विफलता जे भएपनि सबैभन्दा महत्वपूर्ण कुरा आशा हो । अगाडि बढ्न सबैभन्दा मुख्य कुरा इच्छाशक्ति हो । जिन्दगीमा धेरै पटक असफलता भोग्नुपरे पनि बाँच्नको लागि इच्छाशक्ति आवश्यक हुन्छ । हामी बन्न एउटा चाहान्छौ तर परिस्थितीले अर्कै बनाइदिन्छ, त्यस्तो अवस्थामा जीत एक हो जसले हार मान्दैन । यसले हरेक परिस्थितीमा आफूलाई राम्रो प्रमाणित गर्न सक्दो प्रयास गर्दछ ।
विगतको समयले अघिबढ्नको लागि सक्षम हुनेछ । तपाईको जीवनमा धेरै व्यक्ति, चीजहरु र क्षणहरु छन् जुन तपाईलाई अत्यन्त दुखित तुल्याउँछ वा तपाईको सम्पूर्ण जीवन परिर्वतन गर्दछ । कहिलेककाँही यस्तो लाग्छ कि यहाँ बाँच्न भन्दा मर्नु ठिक, तर जब सम्म तपाई जीवीत हुनुहुन्छ तपाईले विगतलाई बिर्सनु पर्छ र अगाडी बढ्नुपर्छ । अन्यथा तपाई जीवित भएर बाँच्न सक्नुहुन्न ।