काठमाडौं, ३० फागुन । दोस्रो पटक मिर्गौला प्रत्यारोपण गराएर आज डिस्चार्ज भएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा उनका पिता मोहनप्रसाद ओलीले स्वागत गरेका छन् । चिकित्सकसहित बालुवाटार प्रवेश गरेका प्रधानमन्त्री ओलीलाई उनका पिताले टाउकोमा हात राखेर आर्शिवाद दिएका थिए ।
प्रधानमन्त्री ओलीको यही फागुन २१ गते मिर्गौलाको दोस्रो पटक प्रत्यारोपण गरिएको थियो । नेपाली चिकित्सको टोलीले नै प्रत्यारोपण गरेको भन्दै प्रधानमन्त्री ओलीको प्रशंसासमेत भएको छ । उनको यो निर्णयले नेपालको अस्पताल र चिकित्सकमाथि विश्वास बढेको छ । तस्विर सौजन्य : प्रधानमन्त्री ओलीको प्रेस सल्लाहकार सूर्य थापाको फेशबुक