Logo

कोरोनाको असरले अन्र्तराष्ट्रिय उडान प्रभावित



काठमाडौं, चैत्र १ । कोरोना भाइरसको त्रासका कारण सरकारले पर्यटन भिसामा रोक लगाएपछि अन्तर्राष्ट्रिय उडान प्रभावित हुने भएको छ।

सरकारले शुक्रबार रातिदेखि लागू हुनेगरी वैशाख १८ सम्मका लागि नेपाल आउने सम्पूर्ण देशका पर्यटकसहित गैरआवासीय नेपालीलाई अनअराइभल भिसा नदिने निर्णय गरेको हो। हालसम्म गैरआवासीय नेपालीले परिचयपत्रका आधारमा भिसा पाउँदै आएका थिए।

तर, अत्यावश्यक अवस्थामा नेपाल आउँदा स्वास्थ्य जाँच प्रमाणपत्रका आधारमा भने भिसा आवेदन दिन सकिने निणर्य सरकारले गरेको छ।

सरकारले अनअराइभल भिसामा गरेको कडाइ र १४ दिन ‘सेल्फ क्वारेन्टाइन’ मा बस्नुपर्ने व्यवस्थाको असर नेपालमा हुँदै आएका अन्तर्राष्ट्रिय उडानमा परेको नागरिक दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्