Logo

कोरोना भाइरसबाट अर्का भारतीय नागरिकको मृत्यु



नयाँदिल्ली, चैत्र १ ।कोरोना भाइरसको संक्रमणबाट छिमेकी मुलुक भारतमा थप एक जनाको मृत्यु भएको छ। ६९ वर्षीया महिलाको दिल्लीमा मृत्यु भएपछि भारतमा कोरोनाभाइरसबाट मर्नेको संख्या दुई पुगेको हो ।

केहि दिन अगाडी दक्षिण भारतस्थित कर्नाटकका ७६ वर्षीय एक वृद्धको मृत्यु भएको थियो । उनी साउदी अरबबाट भारत फर्के लगत्तै विमारी परेका थिए ।

भारतको स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार कोरोना भाइरसबाट भारतमा संक्रमितको संख्या ८२ पुगेको छ। संक्रमितहरुमध्ये ६५ जना भारतीय र १७ जना विदेशी छन्।



प्रतिक्रिया दिनुहोस्