रोम, चैत्र १ । इटलीमा कोरोना भाइरसका कारण एकै दिन २ सय ५० जनाको मृत्यु भएको छ।हालसम्म चीनपछि इटली कोरोनाका कारण मर्नेको संख्वामा दोस्रो स्थानमा छ ।
सार्वजनिक नयाँ तथ्याङक एकै दिनमा मर्नेको संख्या हालसम्मै धेरै हो। इटालीमा मात्रै कोरोनाका कारण हालसम्म एक हजार २ सय ६६ जना भन्दा बढीको मृत्यु भइसकेको छ।
त्यस्तै विश्वभर १ लाख ३२ हजार ५ सय ३६ जना संक्रमित छन् भने इटलीमा संक्रमितको संख्या १७ हजार ६ सय ६० भन्दा बढी रहेको छ। एजेन्सी