काठमाडौं, २ चैत्र । नेपाली समाजमा अहिले डिभोर्स निकै बढेको छ । त्यसमाथि नाम चलेका कलाकार देखि सेलिब्रिटीहरुको घरजम बिग्रन थालेको छ ।
पूर्व मिस नेपाल उषा खड्गीको अर्का सेलिब्रिटी जीपी तिमिल्सिनासँगको प्रेम सम्बन्ध विवाहमा परिणत भयो । तर, विवाहको झण्डै दुई दशक पुग्न लाग्दा दुई सन्तानका आमाबाबु छुट्टिएका छन् । उषाले सम्बन्ध बिच्छेदको घोषणा गर्दै सामाजिक सञ्जालमा पोष्ट गरेकी छिन् ।
नायिका रेखा थापाले छवि ओझालाई सँसारकै सबैभन्दा माया गर्ने पुरुष भनिन् । तर, उनीहरुबीचको सम्बन्ध १२ वर्षमात्र टिक्यो । छविले शिल्पा पोखरेलसँग सम्बन्ध जोडे । यी दुई बीचपनि टकराव बढेर बजारमा विवाद बाहिर आयो ।
पछिल्लो समय रामकृष्ण ढकालले पत्नी निलम शाहसँग विवाह गरे । यसै वर्ष उनीहरुले डिभोर्स गरे । तर, त्यो डिभोर्स कागजी मात्र भएको भन्दै दुवैले नाटक गरेको सन्देश दिए । यसमा उनीहरुको आर्थिक स्वार्थ थियो ।
नायक भुवन केसीको सुस्मिता केसीसँग जोडी खुबै चल्यो । दुवैले मिलेर चलचित्र बनाए । उनीहरुका छोरा अनमोल केसी चल्तीका नायक हुन् । तर, भुवन र सुस्मिता अलग भएको दशक भइसकेको छ ।
नायिका गौरी मल्ल विवाह गरी अमेरिका बसिन् । तर, उनी डिभोर्स गरेर फर्किइन् । अमेरिका बसेका रवि लामिछानेको पनि हालै डिभोर्स भयो । दुई छोरीका बाबु रविको इशा लामिछानेसँग डिभोर्स भयो । डिभोर्सपछि उनले निकिता पौडेलसँग विवाह गरे ।