काठमाडौं, २ चैत्र । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको नेतृत्वमा रहेको कोरोना रोकथाम उच्चस्तरीय समितिले आज मुख्यमन्त्रीहरुसहित छलफल गरेको छ । समितिको आजको बैठकले अति आवश्यक कामबाहेक अरु समयमा नाकामा आवात जावत बन्द गर्नेसम्मको रणनीति अपनाउने निर्णय गरेको छ ।
कोरोनाको सङ्क्रमण नेपाल प्रवेश गर्न नदिन नाकामा आवातजावत बन्द गर्ने रणनीति अपनाउने निर्णय भएको बैठकमा सहभागी एक मुख्यमन्त्रीले रिपोर्टर्स नेपाल डटकमलाई जानकारी दिए ।
बैठकले सात वटै प्रदेशमा टेष्ट ल्याब बनाउनेपनि निर्णय गरेको छ । बैठकमा समितिका संयोजक एवं उपप्रधानमन्त्री ईश्वर पोखरेल सहित मन्त्रीहरु, ५ वटा प्रदेशका मुख्यमन्त्रीहरु, मन्त्रालयका सचिवहरु तथा सुरक्षा निकायका प्रमुखहरु सहभागी थिए । तस्विर : मुकुन्द कालिकोटे/रिपोर्टर्स नेपाल डटकम