काठमाडौं, २ चैत्र । सिंहदरबारस्थित् प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय परिसरमा डिसइन्फेक्सन स्प्रे छर्किइएको छ। हालै मिर्गौला प्रत्यारोपण गराएका प्रधानमन्त्री केपी शर्मा ओलीको शरीरमा बाहृय संक्रमण नहोस भनेर उक्त स्प्रे छर्किईएको बुझिईएको छ ।
सार्क राष्ट्रहरूबीच कोरोना भाइरसविरूद्धको भिडिओ कन्फरेन्सका लागि प्रधानमन्त्री ओली प्रधानमन्त्री कार्यालयमा पुगेका छन्। प्रधानमन्त्री ओलीलाई इन्फेक्सन नहोस् भन्ने उद्देश्यले इथानोल १९ स्प्रे छर्किएको हो । तस्विर : मुकुन्द कालिकोटे