Logo

कोरोनाबाट इटालीमा मेयरको मृत्यु



रोम, चैत ३ । उत्तरी इटालीको चेने नगरपालिकाका मेयर गोर्जियो भ्यालोटीको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ । इटालीका सञ्चारमाध्यमका अनुसार मेयर भ्यालोटीको शुक्रबार मृत्यु भएको हो ।

श्वास–प्रश्वासमा समस्या देखिएपछि ७० वर्षीय मेयर भ्यालोटीलाई मार्च ७ मा अस्पताल भर्ना गरिएको थियो। फोक्सोमा अत्यधिक संक्रमणका कारण शुक्रबार उनको मृत्यु भएको इटालीका सञ्चारमाध्यमले उल्लेख गरेका छन ।

यसैबीच इटालीमा कोभिड– १९ को संक्रमणबाट मृत्यु हुनेको संख्या एक हजार ८ सय ९ पुगेकोसमेत अन्र्तराष्ट्रिय सञ्चार माध्ययममा खवर छ ।



प्रतिक्रिया दिनुहोस्