सबैको जीवनमा एक समय यस्तो आउँछ । सबैतीरबाट विरोध आई जताततैबाट निराश हुनुपर्छ । चाहे त्यो एक प्रोगामर होस् वा अरु कोहि । तपाईको गलत समयले गर्दा यस्तो जीवनको मोडमा उभिरहनुपर्छ । तपाईको काम कुनै पनि सफल भएको छैन सबै काम अस्विकार भएका छन् भने यो सबै निर्णयले तपाईलाई निकै चोट पु¥याउन सक्छ र तर याद राख्नुहोस् विफलता धेरै महत्वपुर्ण हुन सक्छ । हाम्रो इतिहासमा जति पनि सफल व्यवसायीहरु, वैज्ञानिकहरु र महापुरुषहरु छन् ती सबैले आफ्नो जीवन सफल बनाउनमा पहिले लगातार विफलता झेलेकै हुन् । जबसम्म सबै काम सकिदैन तबसम्म सबै ठिक भएको लाग्छ ।
तर तपाईले प्रयास गर्न छाडेमा कहिल्यै पनि सफल हुनुहुन्न । जो अर्बपति र विश्वप्रसिद्ध फोर्ड मोटर कम्पनीको मालिक अन्य पाँच व्यवसाय डुबेपछि मात्र एक बिलिनेअर कम्पनीको मालिक भएका थिए । त्यस्तै थाँमस अल्वा एडिसन लाइट बल्व बनाउनु भन्दा पहिला हजार वटा काममा असफल भएका थिए ।
अल्बर्ट आइनस्टाइन ४ वर्षसम्म केही बोल्न सक्दैनथे र ७ वर्षसम्म पढ्न पनि पाएका थिएनन् । मानिसहरु उनको दिमाग कमजोर भएको बताइरहेका थिए र तर उनले आफ्नो सिद्धान्तका बलले विश्वका सबैभन्दा ठु्लो वैज्ञानिक बने । हेनरी फोर्ड पाँच व्यवसायमा फेल र एडिसन ९९९ मा असफल भएपनि उनले हार खाएनन् ।
हाम्रो धेरै महान प्रतिभा र आविष्कारकहरुबाट पनि प्रमाणित हुन्छ कि असफलताले सफलता भन्दा केही धेरै महत्व राख्छ । असफलताले नै मानिसलाई सफलताको मार्ग देखाउने गर्छ । कोही महापुरुषले बताएका छन् ‘जीत्नेले कहिल्यै पनि हार मान्दैन र हार मान्नेले कहिल्यै पनि जीत्न सक्दैन । ’
आज सबै मानिसहरु आफ्नो भाग्य र परिस्थिीतीलाई ठान्ने गर्छन् । एडिसनले आफैलाई अभागीे ठानी प्रयास गर्न छाडेको भए यो विश्व एक ठुलो आविष्कारबाट वन्चित हुने थियो । आइन्स्टाइनले पनि आफ्नो भाग्य र परिस्थितिलाई भाग्यमा राख्न सक्थे तर यसो गरेनन् ।
कुनै काममा असफल भएपनि समाप्त चाहि भएको हुँदैन । फेरी पनि कोशिश गरेमा कहिल्यै पनि हार्दैनन् । असफलता सफलताको शुरुवात हो यसबाट डराउनु पर्दैन पुनः जोशको साथमा काम गर्नुपर्छ । सफलता आफ्नो हातमा हुन्छ ।