काठमाडौं, ५ चैत्र । संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको उद्योग समितिका सभापति विमलप्रसाद श्रीवास्तवसहित उक्त समितिका सदस्यहरुले आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आयल निगम अर्थात तेल भण्डारणको अनुगमन गरेका छन् ।
पछिल्लो समय महामारीको रुपमा कोरोना भाईरसका प्रभाव फैलिरहेकोले त्यसको प्रभाव विश्वभरि परिरहेको छ । नेपालमा समेत कोरोनाको प्रभाव परेको छ । बजारमा कालोबजारी भैरहेको जनगुनासो छ । महँगी ह्वात्तै बढेको छ ।
संसदीय समितिले अहिले पेट्रोलियम पदार्थको अभावलगायतका विषयमा अनुगमन गरिरहेका छन् । सोही अनुसार उद्योग समितिका सभापति श्रीवास्तवसहित आज उक्त समितिका सदस्यहरु अनुगमनको लागि विभानस्थलमा रहेको तेल भण्डारणमा पुगेका थिए । तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम