Logo

भृकुटीमण्डपको बजार चैत्र १७ गतेसम्म बन्द



काठमाडौं, ६ चैत्र । सरकारको निर्देशन पालना गर्नको लागि काठमाडौंकौ भृकुटीमण्डपमा रहेको बजार १० दिनका लागि बन्द हुने भएको छ । भृकुटीमण्डपस्थित निम्न व्यापारी संघले शुक्रबारदेखि लागू हुने गरी १० दिनका लागि बजार बन्द गर्ने निर्णय गरेको एक व्यवसायीले रिपोर्टर्स नेपाल डटकमलाई जानकारी दिए ।

भुकुटीमण्डमा अहिले १ हजार वटा साना पसल छन् । अब चैत १७ गतेसम्म भृकुटीमण्डपका सबै पसलहरु बन्द हुनेछन् ।तस्विर : उत्तमराज पन्त/रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्