काठमाडौं, ७ चैत्र । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोनाको जोखिमबाट जोगिनको लागि सरकारले हर प्रयास गरेको स्पष्ट पारेका छन् । उनले यही चैत्र ९ गतेदेखि चैत्र १८ गतेसम्म हवाई आवागामन समेत स्थगित् गरिएको जनाएका छन् । आज देशवासीको नाममा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । कोरोना नेपाल भित्रिहाले त्यससँग जुध्नको लागि सरकारले अन्तर्राष्टिय समूदायसँगपनि सहकार्य गर्ने उनको भनाई छ । उनले अहिले देखिएको सन्त्रालाई सामान्यीकरण गर्नको लागि सरकारले पहल गरिरहेको पनि बताए ।
प्रधानमन्त्री ओलीले भनेका छन्,”तपाई हाम्रै स्वास्थ्य र सुरक्षाालई ध्यानमा राखि केही क्षेत्रहरुमा निम्नानुसारका उपायहरु लागु गर्नपर्ने बाध्यकारी अवस्था पनि आएको छ । नेपाल भित्रिने सबै अन्तर्राष्ट्रिय हवाई उडानहरु आगामी चैत ९ गते देखि १८ गतेसम्मको लागि स्थगित गरिएको छ ।”
· सीमानाकाबाट आवागमन गर्ने यात्रुको स्वास्थ्य सुरक्षालाई प्राथमिकतामा राखी संक्रमणबाट जोगाउन अनिवार्य स्वास्थ्य जाँचको व्यवस्थासहित आवागमनको व्यवस्था मिलाइने छ । यस सम्बन्धमा छिमेकी मित्रराष्ट्रहरुसंग आवश्यक समन्वय गरिने छ ।
· देशैभर संघ, प्रदेश र स्थानीय तहका सार्वजनिक, सामुदायिक तथा निजी सेवा प्रदायक संस्थाहरूबाट प्रदान गरिने नेपाल राजपत्रमा प्रकाशन गरिए अनुसारका अत्यावश्यक सेवा बाहेकका अन्य सबै सेवाहरु आगामी चैत ९ गतेदेखि चैत २१ गतेसम्म बन्द गरिएको छ ।
· आगामी चैत १० गते देखि केही अवधिका लागि नेपालभर चल्ने सबै प्रकारका लामो दूरीका यात्रुवाहक सवारी साधनहरू सञ्चालनमा रोक लगाइएको छ ।
· मानिसहरुको भडिभाड हुने स्थान सिनेमा घर आदि हाललाई बन्द गरिएको छ ।
· विद्यालय तथा विश्वविद्यालयका पठन पाठन तथा परीक्षाहरु हाललाई स्थगित गरिएको छ ।
· महामारीको अवस्थालाई हेरी, यहाँहरुकै सहयोगमा थप कदमहरु पनि चाल्न सकिने छ ।