Logo

बिहारमा कोरोना भाइरसबाट पहिलो निधन



बिहार, ९ चैत्र । भारतको बिहारको प्रदेशको राजधानी पटनाको एम्स अस्पतालमा कोरोना भाइरसको संक्रमित एक जनाको निधन भएको छ । स्थानीय पत्रकार निजर सहायको अनुसार निधन भएका ती व्यक्तिको स्थायी घर भने मुंगेर हो । उनी हालै कतारबाट भारत फर्किएका थिए ।

उनको कोरोना भाइरसको परीक्षण गरिएको थियो । परीक्षणको रिपोर्ट भने पोजिटिभ देखिएको थियो । हुन त उनको मिर्गौला फेल पनि भएको थियो । यो निधनसँगै भारतमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ६ पुगेको छ ।

कोरोनाको संक्रमणको आशंकामा बिहारमा अर्को एक जनाको पनि उपचार भैरहेको छ । उनलाई आईलोशन वार्डमा राखेर उपचार गरिँदैछ । उनी स्कटल्याण्डमा भारत फर्किएका थिए । यसअघि बिहारमा कोरोना भाइरसको विरामी कोही पनि थिएनन् । file photo



प्रतिक्रिया दिनुहोस्