Logo

आईसोलेसन वार्डबाट घर गएकी सांसद आज पुनः अस्पताल भर्ना



कैलाली, चैत १० । कोरोना भाईरसको आशंकामा आईसोलेसन वार्डबाट घर गएकी सुदूरपश्चिमकी सांसद पुनः अस्पताल भर्ना भएकी छन् । शुक्रबारदेखि सेती अस्पतालको आईसोलेसन वार्डमा भर्ना भएकी सुदूरपश्चिम प्रदेशसभा सदस्य अम्बिकुमारी थापा आज पुन अस्तपाल भर्ना भएकी हुन ।

उच्च ज्वरो र रुघाखोकी लागेपछि शुक्रबार सेती अस्पताल भर्ना भएकी थापा आईतबार चिकित्सकसँग कुनै सल्लाह नै नगरी घर फर्किएकी थिईन्। नमूना परिक्षणका लागि रिपोर्ट काठमाडौँ पठाईएपनि रिपोर्टभने उनले पाएकी छैनन् ।



प्रतिक्रिया दिनुहोस्