काठमाडौं, १० चैत्र । सरकारले केही दिनअघि कोरोनाको रोकथाम तथा नियन्त्रण गर्न दिएको निर्देशन तथा आग्रहलाई नेपाली जनताले अवेज्ञाा गरेको भन्दै भोलिदेखि कर्फयु लगाउनेसम्मको तयारी गरेको छ । आज राति प्राईम टाईम्स टेलिभिजनबाट प्रशारण हुने ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँगको कुराकानीमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले यस्तो बताएका हुन् ।
उनले भनेका छन्,‘जनताले सरकारले दिएको निर्देशन पालना गरेनन् । सडकमा मान्छेहरुको भीड अझैपनि उत्तिकै देखिएको छ । यो अवेज्ञा नै हो । सरकारले अब आवश्यक पर्यो भने कर्फयु नै लगाएर पनि अघि बढ्नुपर्ने अवस्था आउँछ ।’ file photo