Logo

नजरबन्दमुक्त भएपछि यस्तो देखिए काश्मिरका नेता अब्दुल्ला



एजेन्सी, ११ चैत्र । काश्मिरका नेता ओमर अब्दुल्ला नजरबन्दमुक्त भएपछि लामो दारीमा देखिए । २३२ दिनको नजरबन्दबाट मुक्त भएपछि उनले आज फरक सँसार देखेको बताएका छन् ।

भारत सरकारले काश्मिरलाई प्रदान गर्दै आएको पृथक अधिकार खारेज गरेपछि ओमरसहित त्यहाँका नेताहरुलाई नजरबन्दमा राखिएको थियो । ओमरले रिहा भएपछि बाबुआमासँग तस्बिर खिचाएका छन् । झण्डै आठ महिनापछि बाबुआमासँग खाना खाएको अनुभव समेत सुनाए ।

जम्मु काश्मिर नेस्नल कँग्रेसका नेता ओमर अब्दुल्ला जम्मु काश्मिरका पूर्व मुख्यमन्त्री पनि हुन् । उनका पिता पनि काश्मिरका नेता हुन् ।



प्रतिक्रिया दिनुहोस्