Logo

भारतमा दैनिक उपभोग्य सामाग्री खरिदको लाम



एजेन्सी, १२ चैत्र । भारतमा दैनिक उपभोग्य सामाग्री खरिदका लागि लामहरु देखिएका छन् । विहानैबाट लामको दृश्यहरु त्यहाँका टेलिभिजन च्यानलहरुले देखाइरहेका छन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले २१ दिन लकडाउन गएरातिबाट शुरु गरेको घोषणा हिजो नै गरेका थिए । लगत्तै विहानै मानिसहरुको दैनिक उपभोग्य सामाग्री खरिदको भीड देखिएको थियो ।

कोरोना भाइरसको विश्वभर महामारी भइरहँदा भारतले २१ दिनको लकडाउनको निर्णय गरेको हो । यसअघि आइतबार भारतीय प्रधानमन्त्री मोदीले जनता कफर्यु लगाएर लकडाउनको पूर्वाभ्यास गरेका थिए । भारतमा कोरोना भाइरसको संक्रमित छ सय नजिक पुगिसकेको छ भने दश जनाको मृत्यु भइसकेको छ ।



प्रतिक्रिया दिनुहोस्