Logo

आजै कमाएर आजै खानेहरुको लागि ललितपुर महानगरले विशेष प्याकेज ल्याउँछ : मेयर महर्जन (भिडियो)



काठमाडौं, १३ चैत्र । ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले ललितपुरवासीले सरकारले आह्वान गरेको लकडाउनको पूर्ण पालना गरेको स्पष्ट पारेका छन् । उनले लकडाउन नै कोरोना भाइरसको औषधी भएको प्रतिक्रिया दिए । आज प्राईम टाईम्स टेलिभिजनबाट प्रशारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले ललितपुरवासीले लकडाउनको अवेज्ञा नगरेको जिकिर गरे । तर, लकडाउनको प्रभावमा परेका जनताको समस्या समाधान गर्नको लागि महानगरले विशेष प्याकेजको कार्यक्रमसमेत घोषणा गर्ने महर्जनले स्पष्ट पारे ।

corona update

Posted by Prime Times Television, Nepal on Thursday, 26 March 2020

आजै कमाएर आजै खानुपर्ने मान्छेहरुको अवस्थालाई हेरेर आफूहरुले डाटा संकलन गरेको र उनीहरुको लागि खाद्यान्नको व्यवस्था गर्ने उनको भनाई छ । उनले भने, “आजै कमाएर आजै खानेहरुको लागि हामीले विशेष प्याकेज घोषणा गर्छौं ।” उनले कालोबजारी गर्नेहरुलाई नछोड्ने भनेर चेतावनी दिईसकेको पनि सुनाए ।



प्रतिक्रिया दिनुहोस्