Logo

मुटुको धड्कन बढेपछि अस्पताल भर्ना भएका प्रधानमन्त्री ओली आजै डिस्चार्ज हुने



काठमाडौं, १४ चैत्र । अचानक मुटुको धड्कन बढेर गएराति मनमोहन अस्पताल भर्ना भएका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था सामान्य भएको चिकित्सकले बताएका छन् । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले आजै डिस्चार्ज हुने जानकारी गराएका छन् ।

प्रधानमन्त्रीका निजि चिकित्सक डा. दिव्यासिंह शाहको भनाई उदृत गर्दै थापाले सामाजिक सञ्जालमार्फत् अवस्था सामान्य भइसकेकाले आर्ज डिस्चार्ज गरिने जानकारी दिएका हुन् । थापाले लेखेका छन्, ‘सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीज्यूको मुटुको धड्कन बढ्ने समस्या देखिएको हुनाले हिजो राती मनमोहन सेन्टर महाराजगंजमा भर्ना गरिएको छ । प्रधानमन्त्रीज्यूको स्वास्थ्य अवस्था सामान्य भइसकेको हुनाले आजै डिस्चार्ज गरिने उहाँका निजी चिकित्सक प्राडा दिव्यासिंह शाहले बताउनुभएको छ ।’

गएराति अचानक अस्प्ताल को स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना भएका थिए । दोस्रो पटक २१ फागुनमा मृगौला प्रत्यारोपणपछि तंग्रिदै गरेका प्रधानमन्त्री ओलीलाई शरीरमा केही पीडा भएपछि अस्पताल लगिएको थियो । ओली पछिल्लो समय सक्रिय हुन थालेका थिए । उनलाई चिकित्सकले कम्तिमा केही महिना आराम गर्न सल्लाह दिएका थिए ।



प्रतिक्रिया दिनुहोस्