Logo

कोरोना संक्रमित सेलिब्रिटी



काठमाडौं,चैत १५ । चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसले अहिले संसार आतंकित छ । यसको संक्रमणबाट शुक्रबारसम्म विश्वका झन्डै २५ हजारले ज्यान गुमाइसकेका छन् भने साढे पाँच लाख हाराहारी संक्रमित छन् । सर्वसाधारणका अलावा विश्व मनोरञ्जन बजारका सेलिब्रिटी पनि यसको चपेटामा परेका छन् ।

विश्वकै ठुलो मनोरञ्जन उद्योग मानिएको हलिउडका दर्जन सेलिब्रिटी कोरोना भाइरसको संक्रमणमा छन् भने बलिउडका दुई सेलिब्रिटी यो भाइरसको संक्रमणका कारण आइसोलेसनमा छन् । यस्तै फ्रान्स, इटालीलगायत देशका केही कलाकारमा पनि यो भाइरसको संक्रमण देखिएको छ । संक्रमित सबैलाई आइसोलेसनमा राखिएको छ ।

नेपालमा अहिलेसम्म तीनजनामा यसको संक्रमण देखिए पनि मनोरञ्जन उद्योगी भने सुरक्षित छन् । कोरोना संक्रमणका कारण नेपाल एक साताका लागि लकडाउन गरिएपछि सर्वसाधारणका साथै सेलिब्रिटी सेल्फ क्वारेन्टाइनमा घरमै समय कटाइरहेका छन् ।

उनीहरूले सोसल मिडिया र सञ्चार माध्यममार्फत् आफ्ना फ्यानलाई संक्रमणबाट सुरक्षित रहने उपाय सिकाइरहेका छन् । मनोरञ्जन उद्योग ठप्प छ ।अन्नपूर्ण पोस्ट्मा खवर छ ।



प्रतिक्रिया दिनुहोस्