Logo

इटलीमा १२ अप्रिलसम्म लकडाउन



काठमाडौँ, १८ चैत । नोबेल कोरोना भाइसर यति बेला दुई सय देश भन्दा धेरैमा फैलिसकेको छ । कोरोनाबाट मृत्यु र संक्रमित हुनेको संख्या बढिरहेको इटलीले पुन लकडाउनको समयअवधि लम्भाएको छ । इटलीले कोरोनाको संक्रमणलाई नियन्त्रण गर्नका लागि अप्रिल १२ सम्मका लागि लकडाउनको घोषणा गरेको छ ।

छोटो समय अवधिमा नै कोरोना भाइरसले पैतिस हजार जना भन्दा धेरैले ज्यान गुमाइसकेको छ । कोरोना भाइरसले इटलीमा मात्रै ११ हजार ५ सय ९१ जनाको ज्यान लिएको छ । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइसर चीनको बुहान प्रान्तबाट फैलिएको भनिएको छ । चीनपछि कोरोनाको संक्रमणमा दोस्रो संक्रमित भनिएको इटली पछिल्लो समय कोरोनाबाट मर्नेको संख्यामा पहिलो बन्न पुगेको छ ।

३१ जनवरीमा पहिलोपटक इटालीमा कोरोना संक्रमित फेला परेको थियो । इटालीको रोममा दुईजना चिनियाँ पर्यटकमा संक्रमण देखिएपछि चीनको वुहानबाट फर्किएका इटालियन नागरिकमा कोभिड–१९ पोजिटिभ देखिएको थियो ।



प्रतिक्रिया दिनुहोस्