Logo

पानी र कपालको सम्बन्ध



कपाल झर्ने समस्या आजको समयमा पुरुष र महिलाको लागि मात्र नभएर बच्चाको पनि चिन्ताको विषय बनेको छ । यसको मुख्य कारण डिहाइड्रेशन (शरीरमा पानीको कमी हुने) पनि हुन सक्छ । शरीरमा पानीको कमी हुनाको कारण कपाल झर्न सक्छ ।

वयस्क व्यक्तिको टाउको बाट लगभग १ लाख बाट १ लाख ५० हजार कपाल हुन्छ, यतिमा प्रत्येक दिन १०० वटा कपाल झर्नु सामान्य कुरा हो तर यो भन्दा धेरै कपाल झर्नु वा टुक्रिनु तपाइँको लागि खतराको संकेत हुनसक्छ । स्वस्थ व्यक्तिले प्रतिदिन ८ देखि १० गिलास पानी पिउनु आवश्यक हुन्छ ।

कपालको स्वास्थ्यको लागि पानी आवश्यक छ । पानीबाट कपालको जरासम्म भिटामिन पुग्नेगर्छ । यो कपालको कोशिकाको लागि उर्जाको मुख्य श्रोत हो, जसमा नयाँ कपाल उत्पन्न गर्ने कोशिका पनि सहभागी हुन्छ । पानीले कपाल झार्ने विषाक्त पद्धार्थलाई शरीरबाट हटाएर सफा गर्छ ।

पर्याप्त पानी नपिएमा कपालको साथसाथै छालामा पनि सुख्खापन आउन सक्छ । यस समस्याबाट बच्न दैनिक ८ देखि १० गिलास पानी पिउन आवश्यक हुन्छ । पानीले पुरै शरीरमा पोषक तत्व र खनिजको प्रवाह गर्नमा कोशिकालाई मद्दत गर्दछ ।



प्रतिक्रिया दिनुहोस्