काठमाडौं, २२ चैत । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारले लिएका नीति र चालेका कदमहरू प्रभावकारी भएकाले कोरोना भाइरस (कोभिड–१९) फैलन नसकेको बताएका छन् ।
कोरोना भाइरसबाट उत्पन्न विश्वव्यापी महामारीकोे सन्दर्भमा देशबासीको नाममा शुक्रबार सन्देश जारी गदै राष्ट्रपति भण्डारीले सो कुरा स्पष्ट पारेको हो । नेपालमा आन्तरिक रुपमा संक्रमण नदेखिए पनि बाहिरबाट संक्रमित भएर आएकालाई पत्ता लगाएर उपचार गरिएको बताउदै उनले सम्बोधनमा भनिएको छ, ‘यदि सतर्कता अपनाइएन भने संक्रमण फैलन सक्ने भएकाले सबैले स्वास्थ्यमा आवश्यक ध्यान दिनुपर्दछ ।’
कुनै भावनामा बगेर होइन बरु यस रोगको गंभीरतालाई मनन गर्दै रोगको रोकथाम, नियन्त्रण र उपचारमा सबै नेपालीले नेपाल सरकारले चालेका कदममा साथ दिन उनले विशेष आव्हान गरेको छ । लक डाउनले गर्दा दैनिक जीवनमा केही अप्ठ्याराहरू सिर्जना भए पनि आफ्नो परिवार, छरछिमेक र समग्र समुदायको स्वास्थ्य र अमूल्य जीवन जोगाउनसंयमित भएर घर बाहिर ननिस्कन पनि उनले सम्बोधनमा अपिल गरेको छ । (गोरखापत्रबाट)