काठमाडौं, चैत २२ ।भारतको नयाँ दिल्लीस्थित निजामुद्दिनमा मुस्लिम समुदायको धार्मिक संगठन ‘तबलीगी जमात’ को कार्यक्रममा सहभागी नेपालीमध्ये एक जनामा कोरोनाभाइरस देखिएको छ । उक्त धार्मिक सभामा ४१ मुलुकका मुस्लिमहरुले सहभागिता जनाएका थिए ।
सभामा सहभागी ६ सय भन्दा बढिलाई कोरोना संक्रमण देखिएको भारतीय सञ्चार माध्ययमले खवर सार्वजनिक गरेका छन । नेपालबाट सभामा सहभागी १९ जना मध्ये पर्साका ६६ वर्षीय पुरुषमा समेत कोरोना संक्रमण देखिएको हो ।
खवर अनुसार उनी दुई साताअघिमात्र हरियाणाको अम्बाला पुगेका थिए ।अम्बाला पुगेका सबै नेपाली पर्सा जिल्लाका हुन् । कार्यक्रममा सहभागी भएकामध्ये कयौँलाई कोरोनाभाइरसको संक्रमण देखिएपछि नौ ४१ मुलुकसहित सय ६० विदेशी नागरिकलाई भारत सरकारले कालोसूचीमा राखेर अनुसन्धान गरिरहेको भारतीय अखबार ‘हिन्दूस्तान टाइम्स’ खवर छापेको छ ।
गत ५ मार्चदेखि १३ मार्चसम्म चलेको उक्त भेलामा विभिन्न देशका चार हजारभन्दा मुस्लिमहरुले सहभागीता जनाएका थिए ।