काठमाडौं, २४ चैत्र । आज लकडाउनको १४औं दिन हो । सरकारले कोरोना रोकथाम तथा नियन्त्रणको लागि लकडाउन लगाएको हो । यो अवधिमा आम नागरिकले सरकारको आदेशको पूर्ण पालना गरेका छन् । अत्यावश्यक कामबाहेक कोही पनि घरबाट बाहिर निस्किएका छैनन् । लकडाउनको आज १४औं दिन काठमाडौं उपत्यका सुनसान छ । हाम्रा सहकर्मी मुकुन्द कालिकोटेले रत्नपार्क (शान्तिबाटिका) देखि दरबारमार्ग, केशरमहलसम्म स्थलगत अवलोकन गरेका छन् । हेरौं उनले कैद गरेका तस्विरहरु: