Logo

आजको मौसम पूर्वानुमानः कतै हावाहुरी, कतै चट्याङसहित बर्षाको सम्भावना



काठमाडौं, चैत २८ । हाल देशभित्र स्थानीय वायुको साथै पश्चिमी वायुको आंशिक प्रभाव बढेकाले शुक्रबार देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही एक–दुई स्थानमा मेघगर्जन,चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका पश्चिमी भू–भाग तथा पहाडी भू–भागका थोरै स्थानमा आँशिक बदली र बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ।

आज दिउँसो देशको पहाडी भू–भागमा आँशिक देखि सामान्य बदली रही एक–दुई स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित क्षणिक वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। त्यस्तै, आज राति देशको पश्चिमी भू–भागमा आँशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने महाशाखाद्वारा जारी बुलेटिनमा उल्लेख छ।

मेघ गर्जन,चट्याङ र हावाहुरी सहित क्षणिक वर्षा हुन सक्ने देखिएकोले महाशाखाले सामान्य सतर्कता अपनाउन समेत अपिल गरेको छ ।अनुरोध गरेको छ ।



प्रतिक्रिया दिनुहोस्