Logo

कोरोनाको महामारी समाप्त नहुन्जेल प्रधानमन्त्रीले पारिश्रमिक नलिने



काठमाडौं,बैशाख १। प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ वर्ष २०७७ को अवसरमा शुभकामना सन्देश दिँदै कोरोना भाइरसको महामारी समाप्त नभएसम्म पारिश्रमिक नलिने घोषणा गरेका छन् । आफ्नो पारिश्रमिक कोभिड–१९ प्रधानमन्त्री राहत कोषमा जम्मा गर्ने समेत प्रधानमन्त्री ओलीले बताएका छन् ।

‘मुलुकको कार्यकारी प्रमुखका हैसियतले कोरोना महामारी समाप्त नभएसम्म मैले आफ्नो पारिश्रमिक कोभिड–१९ प्रधानमन्त्री राहत कोषमा जम्मा गर्ने निर्णय गरेको छु ।’ ओलीद्वारा जारी सन्देशमा उल्लेख छ ।



प्रतिक्रिया दिनुहोस्