जनकपुरधाम, बैशाख १ । प्रादेशिक अस्पतालमा क्वारेन्टाइनमा राखिएका सम्भावित कोरोना संक्रमितलाई चापाकलबाट पानी भरेर खुवाइने गरेको पाइएको छ। प्रादेशिक अस्पताल क्वारेन्टाइनमा राखिएको सम्भावित संक्रमितलाई धारा भएको बेला धाराको पानी अन्यथा चापाकलबाट बोतलमा भरेर ल्याइएको पानी खुवाउने गरेको रहस्य बाहिर आएको छ।
अस्पतालको क्वारेन्टाइनमा बस्ने शंकास्पद एक बिरामीले चिया र बिस्कुटमा समेत कञ्जुस्याई गरेको बताए। उनले भने, ‘चिया र बिस्कुट त दिन्छन् तर चिया चिया जस्तो लाग्दैन, न पानी हुन्छ। अझ एउटा बिस्कुटको पाकेटबाट चारजना बाँडेर खान्छौं।’ झन्डै दुई साताअघि खाडी मुलुकबाट फर्किएका शंकास्पद संक्रमित बिरामीले भने, ‘सुरु(सुरुमा मिनरल वाटर नै खुवाए, बिस्तारै धारा हुँदै अहिले कलको पानीसमेत खानुपरेको छ।’
क्वारेन्टाइन कक्षको सुरक्षार्थ खटिएका एकजना सुरक्षागार्डले नाम नबताउने शर्तमा भने, कर्मचारी नभएको बेला चिकित्सकले अह्राए, आफूले नै चापाकलको पानी भरेर दिने गरेको स्वीकारे। उनले भने, ‘हामीलाई केही थाहा छैन, डाक्टर साहवहरुले जे भन्नुहुन्छ, हामी त्यही गर्छौं।’ उनले बिरामीको सुरक्षामा खटिएको दुई साता भए पनि अस्पतालले मास्कसम्म उपलब्ध गराउन नसकेको दुःखेसो पोखे।अन्नपूणै पोष्टबाट