काठमाडौ, बैशाख १ । बौद्धिक तथा सुन्दर नायिका वर्षा शिवाकोटीले नयाँ वर्षमा आफ्नो धेरै कुरा बदल्ने संकेत गरेकी छिन् । लकडाउनले सम्पुर्ण क्षेत्र बन्द भएका कारण उनी फुर्सदिली भएकी छिन् । धेरै नायिकाहरु अघिल्लो वर्षमा विवाह बन्धनमा बाधिएका थिए ।
उनले गरेको इशाराले उनी पनि कतै विवाहको संकेत गरेको होकी भन्ने आशंका बढेको छ । वर्षाले सबैलाई शुभकामना दिदै फेसबुकमा लेखेकी छिन्, क्यालेन्डर मात्र होइन,धेरै कुरा बदल्नु छ यो वर्ष ।