लहान, २ वैशाख : कोविड –१९ को जोखिममा रहेको प्रदेश २ मा कोरोना सङक्रमितको सङ्ख्या बढ्दै गएपछि थप सतकर्ता बढाइएको छ । प्रदेश सरकार लकडाउनलाई प्रभावकारी बनाउने र कोभिड–१९ को परीक्षणको दायरा बढाउने रणनीतिमा जुटेको छ । भारतीय सीमा नाकामा सुरक्षा पोष्ट थपिएको प्रदेश २ सरकारका प्रवक्ता आन्तरीक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र कुमार यादवले जानकारी दिए ।
सङक्रमित व्यक्ति पुगेका स्थानलाई उच्च निगरानीमा राखेको र आवश्यक परेको खण्डमा ती स्थानलाई शील गर्नेसम्मको तयारी गरिएको उहाँले जानकारी दिए । “सुरुमा ती स्थानमा चेकजाँच र निरीक्षण गरिनेछ”, मन्त्री यादवले भने,“ ती स्थानहरुलाई शील गर्नुपर्ने अवस्था आए, त्यो पनि गर्न सकिने तयारी छ ।”
गत चैत २१ गतेबाट परिक्षण शुरु गरिएको प्रदेश २ मा गत शनिबारसम्म ३६३ जनाको स्वाव सङकलन भएकोमा १३२ जनाको मात्र स्वाव परीक्षण रिपोर्ट आएको छ । सबैको रिपोर्ट निगेटिभ आएको छ । बाँकी २३१ जनाको जाँच रिपोर्ट आउन नसकेको प्रदेश २ को सामाजिक विकास मन्त्रालयका सचिव रामप्रसाद घिमिरेले बताए ।