Logo

भारतीय सीमानाकामा कडाइ गर्न आवस्यक : अध्यक्ष राणा



काठमाडौं, २ वैशाख  : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष पशुपति शमशेर राणाले भारतीय सीमानाबाट लुकिछिपी नेपाल प्रवेश गर्ने क्रम तुरुन्त नियन्त्रण गर्नुपर्ने बताएका छन् । कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्ने प्रयासमा सुरक्षा अंग थप प्रभावकारी ढंगले परिचालन गरी भारतबाट अनाधिकृत रूपमा नेपाल आउने क्रम अन्त्य गर्नु जरूरी भएको उहाँले सामाजिक सञ्जाल ट्वीटमार्फत सरकारलाई सुझाएका हुन् ।

सुदूरपश्चिमका कैलालीलगायत सीमावर्ती जिल्लाहरूमा खेतबारी, गोरेटो र जंगलबाट बन्दाबन्दीमै लुकिछिपी नेपाल प्रवेश गर्ने क्रम जारी रहेको देखिएको उल्लेख गर्दै अध्यक्ष राणाले ती स्थानमा सख्त निगरानी गर्नुपर्ने बताएका छन् । साथै भारतको दिल्लीस्थित निजामुद्दिनमा सम्पन्न धार्मिक भेलासँग सम्बन्धित कोरोना भाइरसको जोखिमप्रति पनि नेपालले उच्च सतर्कता अपनाउनु पर्ने उनको भनाइ छ ।

कोरोना संक्रमणको संवेदनशीलता र सावधानीलाई ध्यानमा राख्दै यस अवधिमा भारतबाट कति मानिस गाउँघर भित्रिए भन्ने यथार्थ जानकारी राख्नुपर्ने र त्यस्ता व्यक्तिलाई उच्च सतर्कताका साथ क्वारेन्टाइनमा राख्नु पर्ने अध्यक्ष राणको सुझाव छ । काठमाडौँ आसपासका जिल्लाका किसानले तरकारीको उचित मूल्य नपाएपनि बिचौलीयाका कारण राजधानी भित्रिने तरकारीको भाउ अचाक्ली बढेकोमा उहाँले सरकारको ध्यानाकर्षण गराउँदै समाधानका लागि किसान र उपभोक्ता दुवैलाई लाभ हुने गरी संकटकालीन ढुवानी व्यवस्था लागू गर्न माग गरेका छन् । File Photo



प्रतिक्रिया दिनुहोस्