Logo

लकडाउनको उलंघन गर्ने दुई हजार बढी प्रहरी नियन्त्रणमा



काठमाडौं, बैशाख ३ । काठमाडौंमा समेत कोरोना संक्रमित देखिएपछि आजदेखि लकडाउनको कार्यान्वयनमा थप कडाइ भएको छ।

राजधानी प्रवेश गर्ने संभावित सबै नाकामा सुरक्षा जाँच र गस्तीलाई थप कडा गरिएको जनाउदै प्रहरीले जरुरी कामबाहेक घर बाहिर निस्कने र लकडाउनको उलंघन गर्नेलाई सडकमै होल्ड गराउदै आएको छ ।

महानगरीय प्रहरी कार्यालयका अनुसार बुधबार बिहानसम्म २१ सय बढीलाई नियन्त्रणमा लियर सडकमै होल्ड गरेको हो ।



प्रतिक्रिया दिनुहोस्